पोखरा, ३० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले बालिका बलात्कार अभियोगमा एक हप्ताभित्र २ जनालाई पक्राउ गरेको छ । दुवैलाई आइतबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा धाडिङको निलकण्ठ नगरपालिका ९ घर भई हाल पोखरा ९ बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठ र कास्कीको मादी १ सिक्लेसका २९ वर्षीय गमबहादुर परियार छन् ।
प्रहरीले एकै दिन दुवैलाई सार्वजनिक गरे पनि दुवैले फरकफरक समयमा फरकफरक ठाउँमा बालिका बलात्कार गरेको आरोप छ । शनिबार पोखरा ९ बाट पक्राउ परेका श्रेष्ठमाथि १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ ।
‘घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिएर जबर्जस्ती करणी गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘उनलाई पोखरा ४ बाट नियन्त्रणमा लिएका हौं ।’
श्रेष्ठविरुद्ध जबर्जस्ती करणी उद्योग कसुरमा अदालतबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।
बुधबार कास्कीको मादी १ सिकलेसबाट पक्राउ परेका २९ वर्षीय परियारमाथि १८ वर्षीय मजदुरमाथि बलात्कार गरेको आरोप छ । धारामा पानी भर्न जाने क्रममा ती बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले मादी १ सिक्लेसका परियारलाई पक्राउ गरेको हो ।
‘निज प्रतिवादीविरुद्ध जबरजस्ती करणी कसुरमा अदालतबाट दिन ८ (दिन म्याद थप थप गरेको अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले भने ।





