आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पहिले सेतीले बगायो, अहिले हावाहुरीले उडायो

पहिले सेतीले बगायो, अहिले हावाहुरीले उडायो


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ५ २०७८, आइतबार

पोखरा, ५ वैशाख– स्थानीय पश्चिमी वायुका कारण शनिबार दिउँसो आएको हावाहुरीका कारण माछापुच्छ«े गाउँपालिका केही घरमा ठूलो क्षति पु¥याएको छ । माछापुच्छ«े गाउँपालिका २ चिप्लेटीमा रहेका ५ घरका टिनका छाना उडाउनुका साथै धनमाल पनि उडाएको वडाध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
हावाहुरीले ३ घर पूर्ण रुपमा क्षति पु¥याएको र बाँकीमा आंशिक क्षति पु¥याएको वडाध्यक्ष गुरुङले बताए । पूर्ण रुपमा क्षति हुनेमा स्थानीय रामनी भण्डारी, सीता भण्डारी, तारपति भण्डारी छन् । आंशिक क्षति हुनेमा आंशिक लोकबहादुर गुरुङ र स्वेता विक छन् । घरको छानो हावाहुरीले क्षति पु¥याएपछि उनीहरु अहिले त्रिपालको भरमा छन् ।

हावाहुरीले घरको छानोसहित त्यहाँ राखिएको धनमाल पनि उडाएर लगेको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘कसैको घरको छानै उडाएको छ । कसैको गोठ उडाएको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘कति क्षति पु¥याएको भन्ने अहिले नै एकीन भइसकेको छैन । एकजनाको त घरबाट सुन, पैसा राखेको पोका नै उडाइदिएको छ भन्ने आयो ।’ छानोबाट उडाएर लगेको टिन कामै नलाग्ने गरी क्षति पुगेको उनले बताए ।

शनिबार दिउँसो पोखरा आसपास क्षेत्रमा ठूलो हावाहुरीसहित वर्षात भएको थियो । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका कारण शनिबार पोखरामा ११.५ मिलिमिटर वर्षात भएको थियो । शनिबार परेको वर्षातका कारण केही दिनअघिबाट धमेलिएको पोखराको मौसममा सुधार आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->