बागलुङ, ६ वैशाख– पत्रकार महासंघको चैत २५ मा सम्पन्न अधिबेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई यहाँको एक सहकारीले स्वागत तथा सम्मान गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आईतबार नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्र्तक्रिया कार्याक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कंडेलले आदर्श सञ्चार सहकारीसंग महासंघ सधै समन्य र सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्याक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले संस्थाको गतिबिधी भाबी, योजना, २०८० साल सम्मको लक्ष्यको बिषयमा जानकारी गराए । कार्यक्रममा नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।





