बागलुङ, ८ वैशाख– चन्दा संकलन गरी बागलुङ नगरपालिका–८ सिगानाको एक मन्दिर पुननिर्माण गरिएको छ । सिगानाको साँयकोटमा रहेको दुई सय वर्ष पुरानो कमलजैशीको मन्दिर पुननिर्माण गरिएपछि आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
झण्डै दुई सय वर्ष अघिदेखि पुजा आजा हुँदै आएको कमलजैशी मन्दिर योगमाया गौतमको नेतृत्वमा ३० वर्ष अघि बनाइएपनि पहिरोका कारण मन्दिर भत्केपछि अहिले पुननिर्माण गरिएको हो ।
स्थानीयको सक्रियतामा चन्दा संकलन गरी निकै जीर्णरुपमा रहेको मन्दिरको पुननिर्माण गरी उद्घाटन गरिएको कमलजैशी मन्दिर निर्माण समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमले जानकारी दिए ।
रु.चार लाख लागतमा मन्दिरलाई आधुनिक शैलीमा पुननिर्माण गरिएर हो । ढुङ्गा माटोले निर्माण गरेको मन्दिर भत्केपछि ढलान गरी पक्की मन्दिर बनाइएको हो ।
पुननिर्माण गरिएको मन्दिरको मंगलबार बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जीत बहादुर जिसी (राजन)ले उद्घाटन गरे । उनले मन्दिर निर्माणले लोप हुने खतरामा रहेका धर्म संस्कृतिको संरक्षण हुँने बताए । धर्मका नाममा किनबेच शुरु भएको अवस्थामा स्थानीय जुटेर मन्दिर निर्माण थालेपछि वडा कार्यालयले मन्दिर निर्माणमा एक लाख सहयोग गरेको बताए । कार्यक्रममा शिक्षक भुपेन्द्र कार्की, डिल बहादुर कार्की, सहयोगदाताको तर्फबाट शिव कुमार खड्का, गणेश कृषि सहकारीका अध्यक्ष राम बहादुर खड्का, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, स्थानीय मन बहादुर नेपाली, नेपाली काँग्रेसका वडा सभापती छम बहादुर कार्की, नेकपा एमाले सिगानाका अध्यक्ष लाल बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष गोविन्द प्रसाद गौतमको अध्यक्षता, सचिव भद्र बहादुर कार्कीको सञ्चालन तथा सह–सचिव देविन्द्र कार्कीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।





