शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बढे कोरोना संक्रमित, दैनिकजसो मृत्यु

बढे कोरोना संक्रमित, दैनिकजसो मृत्यु

एकै दिन १४३ जनामा कोरोना संक्रमण पुष्टि, कास्कीका धेरै, २ जनाको मृत्यु ।


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ९ २०७८, बिहिबार

पोखरा, ९ वैशाख – गण्डकी प्रदेशमा पछिल्लो हप्ता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ वर्षअघि ‘सिंगल’ अंकमा झरेको कोरोना तथ्यांक नयाँ वर्षसँगै दैनिक सयभन्दा बढी कोरोना संक्रमण फेला परिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । पछिल्लो हप्ता गण्डकीमा दैनिकजसो संक्रमितको मृत्यु हुन थालेको छ । बुधबारमात्रै गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।
मृुत्यु हुने दुवै संक्रमित पोखराका हुन् । मृत्यु हुनेमा पोखरा २९ का ५४ वर्षीय महिला र पोखरा ३३ का ८४ वर्षीय पुरुषको रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बुधबार मृत्यु भएकी महिलालाई बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए । उनको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
८४ वर्षीय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको हो । उनलाई पनि बैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबारमात्रै कोरोना संक्रमणबाट गोरखा भीमसेन थापा गाउँपालिकाका ७९ वर्षीय एकप पुरुषको होम आइसोलेसनमै मृत्यु भएको थियो । सोमबार पोखरा १६ का ६५ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ । जसमध्ये कास्कीकामात्रै १ सय १८ जना छन् ।
बुधबार एकैदिन १ सय ४३ जनामा संक्रमण पुष्टि
गण्डकी प्रदेशमा बुधबार एकै दिन १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । संक्रमण पुष्टि हुनेमा कास्कीकामात्रै ७९ जना छन् । बागलुङका ५०, गोरखा १, स्याङजा ६, पर्वत ३ र तनहुँ ४ जना छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार कुल ४ सय ६७ जनामा गरिएको परीक्षणमा १ सय ४३ जना संक्रमित पुष्टि भएका हुन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ४सय ६ पुगेको छ । गण्डकीमा ६ सय ६४ जना सक्रिय संक्रमित रहेको र सबै होम आइसोलेसनमा रहेको निर्देशनालय प्रमुख डा शर्माले जानकारी दिए ।
बागलुङमा मंगलबार एउटा विद्यालयका शिक्षक र विद्यार्थीसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिका १२, १३ र १४ वडामा लकडाउन घोषणा गरिएको छ । १० दिनसम्म निषेधाज्ञा जारी गरिएको उक्त क्षेत्रमा विद्यालयहित बैंक तथा वित्तीय संस्थाहरु पनि पूर्ण रुपमा बन्द गरिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->