मुस्ताङ, १२ वैशाख– संक्रमित सुन्य रहेको मुस्ताङमा आईतवार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख ७ र ११ गते बिरामी परेपछि अस्पताल भर्ना भएका दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना महिला र एक जना पुरुष रहेका छन् । अस्पतालमै रहेका उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थय कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।





