शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रदेश प्रयोगशालामा पीसीआर परीक्षण गर्नेहरुले पनि जोखिम भत्ता पाएनन्

प्रदेश प्रयोगशालामा पीसीआर परीक्षण गर्नेहरुले पनि जोखिम भत्ता पाएनन्


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७८, सोमबार
dav

पोखरा, १३ वैशाख– गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाए पीसीआर परीक्षण रोक्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले। गएको साउनदेखि घोषित जोखिम भत्ता नपाएको दुखेसो गर्दै अग्रपंक्तिमा खटिनेहरुलाई घोषणा गरिएको जोखिम भत्ताबाट आफूहरुलाई विमुख पारिएको जानकारी पनि गराएका छन् । प्रदेशका अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकमीहरुले जोखिम भत्ता नपाएको गुनासो गरिरहँदा प्रदेश राजधानीकै ल्याबमा काम गर्नेहरुले पनि त्यस्तै गुनासो गरेका हुन् ।
सरकारले कोभिड उपचारको लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई १ सय प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । सामाजिक विकासमन्त्री नरदेवी पुनको ध्यानाकर्षण गराइएको पत्रमा जोखिम भत्ता उपलब्ध नगराइए कोभिडको नयाँ लहरसँग लड्न नसकिने जानकारी पनि गराइएको छ ।स्वास्थ्यकर्मीहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री, प्रदेश स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य प्रयोगशाला गण्डकीलाई आफ्नो मागको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->