पोखरा, १४ वैशाख- पोखरामा रहेको पद्म नसिंङ होम प्रा.ली को आन्तरिक किचलोको कारण अस्पतालनै गैरकानुनी संचालनमा आएको छ । अस्पताल संचालक तथा सेयर सदस्यहरुबीच एक आपसमा विवाद चलिरहँदा अस्पताल अवैद्य रुपमा चलेको पाइएको छ ।
एक पक्षले आफ्नै भवनमा अस्पताल लैजाने प्रस्ताव गरिरहँदा अर्का पक्षले भने मापदण्ड विपरीत अस्पताल संचालनमा ल्याइरहेका छन् । ५० शैयाको अस्पताललाई आवस्यक मापदण्ड नपुगेको भन्दै अस्पतालको आफ्नै भवनमा लैजाने तरखरमा काले शर्मा सहितको टोली रहेको छ भने अर्कातिर न्युरोडमै भाडा तिरेर मापदण्ड विपरीत संचालन गर्ने पक्षमा विनोद तुलाचनको टिम रहेको छ । तुलाचनकै समितिमा रहेको सुमिरन श्रेष्ठको घरमा लामो समय देखि अस्पताल संचालन हुदैँ आइरहेको छ । उक्त स्थानमा शौचालय, पार्किङ समेतको व्यवस्था छैन । उता कालु शर्मा सहित ७९ प्रतिशत एका तिर रहेका छन् । कालुशर्मा समिति भने अस्पताललाई मापदण्ड अनुसार नदिपुरमै लैजानुपर्छ भन्दै आवाज उठाइरहेका छन् । तर तीनै २१ प्रतिशतले अहिले अस्पताल संचालन गरिरहेका छन् ।
विनोद तुलाचन सहितको अस्पताल प्रशासनले आन्तरिक रुपमा मात्र होइन राज्यलाई नै ठगि गर्दै आइरहेको छ । विगत ४ वर्षसम्म कम्पनी रजिष्ट्रारको कुनैपनि विवरण पेश भएनन् । यतिमात्र होइन् आन्तरिक राजस्व कार्यालयमा आय विवरण समेत दाखिला गरेनन् । अस्पतालको नविकरण समाप्त भएको १ वर्ष पुग्न लाग्दा समेत स्वास्थ्य निकायमा अस्पताल नविकरण समेत नगरेको भेटिएको थियो । यतिले मात्र कहाँ पुग्थ्यो । भाडा तिरेर रकम कुम्ल्याउन सिकेका समितिले आफ्नै भवनको ऋण तिर्न नसक्ने बताउँदै लिलामी गराउने अन्तिम तयारीमा पुगेको थियो ।
अस्पतालका भवन लिलामी हुन लाग्दा ०७७ चैत २५ गते सम्मको तिर्न बाकि किस्ता रकम दाखिला गर्न समिति बाहिरका सेयरसदस्य बैक पुग्दा बाकि रकम नतिर्ने धम्की दिदाँ बैंकले रकम लिन अस्विकार ग¥यो । सदस्यले नै रकम तिर्न लाग्दा समेत समितिले लिलामी गर्ने पक्षमै उभिएको थियो । उक्त लिलामीलाई रोक्न नेपाल राष्ट्र बैकमा निवेदन दिई सेयर धनी नरेन्द्र वास्तोलाको खाताबाट रकम दाखिला गरियो । उनले १ करोड ५० लाख रुपैँया बुझाए । पद्म नर्सिङ पोखरा महानगर ३ नदिपुरमा रहेको भन्दै ३ वर्ष अघि रजिष्टार गरिएको छ । कानुनले पनि पोखरा ३ मै अस्पताल रहेको बताउँछ । तर अस्पताल भने न्युरोडमा संचालित भइरहेको छ ।
२०७४ पुस २२ को साधारणसभाले निणय गरे अनुसार अदिपुर स्थित आफ्नै भवनबाट अस्पताल संचालन गर्ने, फार्मेसी विभाग संस्थाले नै संचालन गर्ने र सेवाग्राहीहरुको सेवाका लागि आवस्य परेमा थप चिकित्साको समेत व्यवस्थापन गर्ने भनिएको थियो । अस्पताललाई ५० शैयाबाट बढाएर १ सय शैयाको संचालिन स्विकृत लिने प्रक्रिया समेत अघि बढाउने योजना भएको थियो । उक्त सभाले गठित समितिले कुनैपनि निर्णय अनुसार काम गर्न सकेन । अस्पताल धरासायी बनाउ लागेको भन्दै अहिले बहुमतको सदस्यहरुले नयाँ समिति बनाएका छन् । सोहि समितिले सोमबार विवादित विषयबारे जानकारी दिदैँ अस्पताल मापदण्ड विपरीत संचालनमा आएको आरोप लगाएका छन् । आयोजित पात्रकार सम्मेलनमा बोल्दै सेयरधनी मध्येका एक डा. कालुशर्मा सुवेदीले कानुन विपरीत अपुर्ण सदस्यहरुले अस्पताल संचालन गरेको बताए । ‘हामीले मापदण्ड अनुसारको भवनमा सार्न पर्छ भन्दै यस अघि ७९ प्रतिशत सदस्यले अधिवेशनको वहिस्कार ग¥र्यौ । तर कम्पनी नियमावली अनुवार गणक नपुग सदस्यहरुनै वसेर साधारण सभा गरेका छन ।’ उनले भने, यहि वैशाख ६ गते विशेष साधारण सभा सम्पन्न भइ नयाँ काय संचालक समिति बनेको छ र कम्पनी रजिष्टारको कार्यालमा अद्यावधिकको लागि प्रक्रिया अगाडी बढेको छ । संचालनक समितिले नियतवस नै प्रपञ्च रचेर अस्पतालको सम्पुर्ण सम्पत्ती लिलामी गर्न लागेपरे’ उनले आरोप लगाए, फर्जी र वित्तिय विवरण बनाएर अनुमोदन गर्ने उदेश्यले मात्र साधारणसभा बोलाएको उनले बताए । ‘४ वर्ष सम्म साधारणसभा नबोलाउने अब हामीले कानुन अनुसार जादामात्र साधारण सभा बोलाइयो । नियोजित साधारण सभामा हामी पुगेनौँ ।’ फर्जी विवरण बनाइ अुनमोदन गर्ने उदेश्यलेहाल समितिले अपुर्ण सदस्यमा साधारण सभा सम्पन्न गरेको सुवेदीले बताए ।
अर्का सदस्य इन्दिरा शर्मा सुवेदीले नदिपुरमा नै रहेको भन्दै अस्पतालको अहिले पनि नविकरण भएको बताइन् । उनले सम्पूर्ण कागजपत्रले नदिपुरनै बनाइरहेको र सम्पुर्ण मापदण्ड पनि पुगेपनि विचौलीयाको कारण मापदण्ड विपरीत न्युरोडमा संचालन हुदैँ आएको बताइन । ‘अवैद्य समिति खारेजी हुन्छ, हामी कानून सम्बद्ध भएर नदिपुर नै जान्छौ ।’ उनले भनिन्, अस्पतालको विवाद भने नरेन्द्र बास्तोलालाई एमडी बनाउन नमानेपछि सुरु भएको हो ।





