शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राजीव पहारीसहित एमाले र कांग्रेसका तीन सांसदलाई कोरोना संक्रमण

राजीव पहारीसहित एमाले र कांग्रेसका तीन सांसदलाई कोरोना संक्रमण

सभामुख भन्छन्- 'सबै माननीयले कुरा राख्नुपर्‍यो, आजै हुन्छ भन्न सकिन्न’


  • ढोरपाटन संबाददाता
  • बैशाख १५ २०७८, बुधबार

पोखरा, १५ वैशाख- गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । । गण्डकी प्रदेश सभाका तीनजा सांसद र एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । । एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार मंगलबार स्वाब लिएर परीक्षण गरिएकामध्ये तीनजना सांसदलाई कोरोना संक्रमण देखिएको हो ।
‘सबै माननीयज्यूहरुको कोरोना परीक्षण रिपोर्ट आइसकेको छ, उनले भने‚ केही माननीयलाई कोरोना पोजेटिभ भएको छ । १० बजेपछि आधिकारीक सार्वजनिक गर्नेछौं ।
मंगलबार बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको केही बेरमै सत्तारुढ एमाले सांसद राजीव पहारी बोलेपछि सत्तापक्षकै सांसदहरुले बैठक अवरूद्ध गरेका थिए । उनले सबै सांसद र कर्मचारीको परीक्षण नगरी सदन चल्न नहुने बताएपछि परीक्षण गर्दा उनमै संक्रमण देखिएको हो । उनीहरूले पिसिआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।
सोमबारदेखि सुरु भएको विशेष अधिवेशनमा पहिलो दिन १० सांसदले आफ्नो भनाइ राखेका थिए । प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीदेखि सुरु भएर हालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनाइ राखिसकेपछि बल्ल मतदान हुने सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको थियो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान गर्ने कार्यसूचि छ ।
गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारी आजै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनेमा विश्वस्त छैनन् । ‘आज मतदान हुने कतिको सम्भावना छ  ?’ ढोरपाटनको प्रश्नमा उनले भने, ‘सबै माननीयले बोल्नु पाउनुपर्‍यो । उहाँहरुले बोलिसकेपछि मुख्यमन्त्रीज्यूले उत्तर दिनुपर्‍यो । त्यसपछिमात्रै मतदान हुने हो । खै केही भन्न सकिन्न ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->