आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७८, बुधबार

पोखरा, १५ बैशाख – गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावउपरको छलफल शुरू भएको छ । छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ । बोल्ने सांसदहरुको संख्या घटाएर आजै बेलुकीसम्म मतदान गर्ने कार्यसूची टाँसिएको छ ।

बैठकमा नेपाली कांग्रेसका एक, नेकपा (माओवादी केन्द्र)का एक र नेकपा (एमाले)का १८ सांसदले बोल्ने तयारी छ । जनमोर्चाका दुई र जनता समाजवादी पार्टी (जसपा)का एकजनाले बोल्न नाम दर्ता गराएका छन् । अन्तिममा मुख्यमन्त्री गुरुङले बैठकलाई सम्बोधन गर्नेछन् ।

कोरोना संक्रमित ३ सांसदका लागि छुट्टै ठाउँ निर्धारण गरिएको छ । उनीहरूले संसदमा बोल्न पाउने छैनन् । तर, मतदानमा भने सहभागी हुन पाउनेछन् । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव १३ गते संसदमा पेस भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->