आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सरकारलाई जनमोर्चाको प्रश्न, ‘सांसद शाहीलाई किन बन्दीका रूपमा राखियो ?’

सरकारलाई जनमोर्चाको प्रश्न, ‘सांसद शाहीलाई किन बन्दीका रूपमा राखियो ?’


  • ढोरपाटन संबाददाता
  • बैशाख १६ २०७८, बिहिबार

पोखरा, १६ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ। पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। ‘उहाँलाई एक प्रकारको बन्दीका रूपमा किन राखियो र त्यसको कारण के हो?,’ उनले भनेकी छन्।

सरकारी प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आए पनि शाहीलाई कोरोना पोजेटिभ भनेर अस्पताल राखिएको जनमोर्चाको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन आएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं ।’  शाहीलाई कसरी कोरोना पोजेटिभ देखिएको हो भन्नेबारे पार्टीले भन्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

गण्डकी प्रदेश सभा बैठकमा बुधबार शाही उपस्थित थिएनन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्तावमा जनमोर्चाले मतदान गर्ने बताएको थियो। शाही उपस्थित नभएपछि जनमोर्चाले आफ्ना सांसद खोज्न निवेदन दिएको छ। सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->