शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट मुस्ताङमा पहिलो पटक एक सङ्क्रमितको मृत्यु

कोरोनाबाट मुस्ताङमा पहिलो पटक एक सङ्क्रमितको मृत्यु


  • आदित्य रसाइली
  • बैशाख १७ २०७८, शुक्रबार
फाईल तस्विर

मुस्ताङ, १७ वैशाख- कोभिड–१९ सङ्क्रमणको प्रभाव अन्य जिल्लाका तुलनामा कम देखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा समेत कोरोनाबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा मुस्ताङको घरपझोङ गाउँपालिका–४ की ७२ वर्षिया महिलाको मृत्यु भएको जानकारी दिइएको छ । हिजो मात्रै सङ्क्रमणको पुष्टि भएकी ती महिलाको बिहीबार राती नै पौने १० बजेको समयमा मृत्यु भएको हो । ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको पाइएको पनि निर्देशनालयले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सय २४ पुगेको छ ।
निर्देशनालयमा रहेको शुक्रवार अपराह्नसम्मको तथ्याङ्क अनुसार मुस्ताङमा हालसम्म ३३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जसमध्येका ३२ जनाले सङ्क्रमणलाई जितेका छन् भने सक्रिय केसको सङ्ख्या शून्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->