सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

लुम्बिनीमा एमालेकै एकल बहुमत, पोखरेललाई नै मुख्यमन्त्री बनाउने संसदीय दलको निर्णय

लुम्बिनीमा एमालेकै एकल बहुमत, पोखरेललाई नै मुख्यमन्त्री बनाउने संसदीय दलको निर्णय

लुम्बनीमा विष्णु पन्थी र रमा घर्तिमगर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु हुन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७८, आइतबार

पोखरा, १९ वैशाख – नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताए ।

‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उनले भने । पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ । ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् ।
एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो । तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिए ।

यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा) ले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् । आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी थिए । लुम्बनीमा विष्णु पन्थी र रमा घर्तिमगर बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु हुन् ।

आज बसेको एमाले संसदीय दलको बैठकमा ४० सदस्य उपस्थित थिए । कोभिड संक्रमणका कारण प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ भने उपस्थित थिएनन् । नयाँ राजनीतिक घटनाक्रमहरूबारे नयाँ रणनीति बनाउँदै मन्त्रिमण्डल विस्तार गर्नेसमेत एमाले संसदीय दलको निर्णय छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा नेकपा एमालेका ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ ।

विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुने र एमाले सांसदले फ्लोर क्रस गर्दा पोखरेल नेतृत्वको सरकार ढल्ने विश्लेषणसहित विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदानको क्रममा फ्लोर क्रस हुँदा सरकार ढल्ने भएकाले पोखरेलले त्यस अगाडि नै राजीनामा दिएर नयाँ सरकार गठनको प्रयास थालेको उनी निकट नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->