बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संक्रमितलाई शिक्षकलाई एक लाख, मृत्यु भए दश लाख माग

संक्रमितलाई शिक्षकलाई एक लाख, मृत्यु भए दश लाख माग


  • संजय रेग्मी
  • बैशाख १९ २०७८, आइतबार

पर्वत, १९ वैशाख– स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ सङ्क्रमित प्रत्येक शिक्षकलाई उपचार खर्च स्वरूप दिइने एक लाख रुपैयाँलाई निरन्तरता दिन र शिक्षकको मृत्यु भएमा उसको परिवारलाई सान्त्वना स्वरूप १० लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ ।
मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईद्वारा जारी गरिएको विज्ञप्ति अनुसार कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिँदा देशका विभिन्न जिल्लामा शिक्षकहरू सङ्क्रमित भएको र कतिपयको मृत्यु समेत भएको सन्दर्भमा उक्त माग गरिएको हो । हालसम्म मनीषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कञ्चनपुर), मन्जु के.सी (कञ्चनपुर), पार्वती न्यौपाने (बर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी (दाङ), घनश्याम चौधरी (नवलपरासी), बमबहादुर कुँवर (गुल्मी), काशी सिं कार्की (कञ्चनपुर) लगायतको मृत्यु भएको र उनीहरूको परिवारलाई सान्त्वना स्वरूप १० लाख रुपैयाँ प्रदान गर्न नेपाल सरकारसँग अपिल गरिएको छ ।
संयोजक भट्टराईले सङ्क्रमण बढ्दो रूपमा गइरहेको सन्दर्भमा केही स्थानीय तहले परीक्षा सञ्चालनमा ताकेता दिने, शिक्षकहरूलाई विद्यालयमा जान बाध्य गराइने, लगायतका कामहरू भइरहेको भन्दै त्यस्ता क्रियाकलाप बन्द गरिनुपर्ने बताएका छन् । मञ्चले वर्तमान समय शैक्षिक सत्रको अन्त्य तीरको अवस्था रहेकोले परीक्षा सञ्चालन गर्नुपर्ने बेला भएको भए पनि सङ्क्रमणको अवस्थाका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अनलाइन कक्षा सञ्चालन गर्दै परीक्षाको विकल्पको रूपमा मूल्याङ्कनका अन्य साधनहरू रुजु सुची, अवलोकन, घटना वृत्त अभिलेख लगायतलाई पालना गर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमा अहिलेको समय बजेट निर्माणको समेत भएकोले शिक्षा र स्वास्थ्यमा बजेटका आकार बढाई लामो समयसम्म पिसिएका बाल शिक्षक, विद्यालय कर्मचारी, लगायतका समस्याहरूको शिक्षा ऐनमा सम्बोधन गरेर हल गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->