शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

फर्सेका बाढीपीडितलाई लायन्स क्लबको राहत

फर्सेका बाढीपीडितलाई लायन्स क्लबको राहत


  • ढाेरपाटन संवाददाता
  • मंसिर १२ २०८३, शनिबार

पर्वत/जिल्लाको जलजला गाउँपालिका–स्थित फर्सेका बाढी प्रभावित परिवारलाई खाद्यान्न, कम्बल तथा म्याट्रेस वितरण गरिएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५), नेपाल एल.वाई २०२६–२०२७ को आयोजना तथा लायन्स क्लब्स इन्टरनेशनल फाउण्डेसन (एलसीआईएफ) को सहयोगमा शुक्रबार राहत सामग्री वितरण गरिएको हो । एलसीआईएफको ग्रान्ट एएमआर २९३६४–३२५ के अन्तर्गत सञ्चालित उक्त कार्यक्रममार्फत बाढीबाट घरबास तथा सम्पत्ति गुमाएका परिवारलाई खाद्यान्न, न्यानो कम्बल र म्याट्रेस प्रदान गरिएको हो । विपद्बाट प्रभावित परिवारलाई राहत पु¥याउने र दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

गत असोज १० गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले जलजला गाउँपालिकाको फर्से क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको थियो । नदीमा आएको बाढीले बस्तीका घर तथा भौतिक संरचनामा क्षति पु¥याउनुका साथै स्थानीयवासीका घरबास र जग्गाजमिन बगाएको थियो । असोज १० र ११ गते आएको बाढीबाट फर्से क्षेत्रमा करिब ८० घरपरिवार प्रभावित भएका थिए भने २५ घर बगाएको विवरण सार्वजनिक भएको थियो ।

बाढीले एकैपटक घरबारविहीन बनाएका परिवारलाई आफ्नो थातथलो छाड्नुपर्ने अवस्था सिर्जना गरेको थियो । घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा दैनिक उपभोग्य सामग्रीसमेत बाढीले बगाएपछि प्रभावित परिवारको दैनिकी थप कष्टकर बनेको थियो । बाढीपछि प्रभावित परिवारलाई तत्कालीन राहत, खाद्यान्न तथा अस्थायी बसोबासको व्यवस्था गर्न विभिन्न सरकारी निकाय, सामाजिक संघसंस्था, स्थानीयवासी तथा देशविदेशमा रहेका नेपालीहरूले सहयोग गरेका थिए ।

बाढीबाट विस्थापित परिवार अझै पनि सामान्य जनजीवनमा फर्किन संघर्ष गरिरहेका बेला लायन्स इन्टरनेशनल र लायन्स क्लब्स इन्टरनेशनल फाउण्डेसनको सहयोगमा गरिएको राहत वितरणले प्रभावित परिवारलाई थप सहयोग मिलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->