शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

शारीरिक सुगठनमा गण्डकीलाई ४ स्वर्णसहित ८ पदक

शारीरिक सुगठनमा गण्डकीलाई ४ स्वर्णसहित ८ पदक


  • विजय नेपाली
  • मंसिर १२ २०८३, शनिबार

पोखरा / दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले शारीरिक सुगठनतर्फ ४ स्वर्ण पदक हासिल गरेको छ । शनिबार विभिन्न विधामा गण्डकीले स्वर्ण पदक जित्दै दशौंमा स्वर्ण पदकमा समेत खाता खोलेको हो ।

सुर्खेतमा जारी दशौंमा पदक विहिन भएको गण्डकीको पदक सुरुवात यस पटक शारीरिक सुगठनबाट भएको हो । गण्डकीले शारीरिक सुगठनमा स्वर्णसहित १ रजत र ३ कास्य जितेको छ ।

गण्डकीका लागि ६० केजी तौल समुहमा चमबहादुर थापाले स्वर्ण जिते । यस्तै ‘वुमन्स मोडल फिजिक’ तर्फ जिया गुरुङ र ‘मेन्स फिटनेस फिजिक (ओपन)’ तर्फ फर्साराम घर्ती मगरले स्वर्ण पदक हात पारेका छन् । ‘पेयरिङ कपल फिटनेस च्यालेन्ज’ विधामा यमन्राज गुरुङ र बिपना कुमालको जोडीले स्वर्ण पदक जितेको छ । विपनाले शुक्रबार वुमन्स वेलनेस फिजिक विधामा रजत पदक प्राप्त गरेकी थिइन् ।

भने मेन्स एथलेटिक फिजिक एबभ १७० सेन्टिमिटर’ तर्फ यमन्तले कास्य पदक हासिल गरेका थिए । खुला वुमन्स एथलेटिक फिजिक तर्फ आशा चौधरी र मेन्स ८० प्लस बडीबिल्डिङ तर्फ योक्तराज दुराले कास्य पदक हासिल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->