पोखरा / सुर्खेतमा जारी दशौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरुष फुटबलबाट गण्डकी प्रदेश बाहिरिएको छ । शनिबार नेपाल पुलिस क्लबसंग १–० को हार व्यहोर्दै गण्डकी प्रदेश बाहिरिएको हो । पुलिसको जितमा सुजन बलाम्पाकी मगरले निर्णायक गोल गरे । उनले खेलको ४६ औं मिनेटमा गोल गरे ।
जारी प्रतियोगिताको फुटबलको यो खेलमा सबैभन्दा बढि कार्ड समेत देखाइएको छ । पाँचवटा पहेँलो कार्ड देखाइएको उक्त खेलमा नेपाल पुलिसका तीन जना र गण्डकी प्रदेशका दुई खेलाडीले पहेँलो कार्ड पाए ।
पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका रन्दिप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए ।





