शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

गण्डकीलाई टेनिसमा १ स्वर्ण २ रजत पक्का

गण्डकीलाई टेनिसमा १ स्वर्ण २ रजत पक्का


  • ढाेरपाटन संवाददाता
  • मंसिर १२ २०८३, शनिबार

पोखरा / सुर्खेतमा जारी दशौं राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत टेनिसमा गण्डकी प्रदेशले १ स्वर्ण र २ रजत पदक पक्का गरेको छ ।
शनिबार गण्डकीका प्रदिप खड्का र करण बहादुर थापाले फाइनलमा स्थान बनाउँदा रजत पक्का भएको हो । उक्त विधामा स्वर्ण पदक आउने सम्भावना समेत रहेको छ ।

यस्तै पुरुष एकलतर्फ पनि गण्डकीले स्वर्ण र रजत पदक जित्ने पक्का भएको छ । शनिबार प्रदिप र करणले आ–आफ्नो खेलमा जित हासिल गर्दै फाइनल प्रवेश गरेका छन् । टेनिस पुरुष एकलमा स्वर्ण र रजत पदकका लागि गण्डकी प्रदेशकै दुई खेलाडी भिड्ने छन् ।

सेमीफाइनलमा प्रदीपले नेपाल आर्मीका प्रणभ खनाललाई ६–२, ७–६, ७–५ को स्कोरले र गण्डकीकै करणले बागमतीका निशान श्रेष्ठलाई ६–२, ६–२ को स्कोरले हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->