बुटवल, १९ वैशाख – नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । लुम्बिनीमा पोखरेल पुन: मुख्यमन्त्रीमा नियुक्त भएपछि एमालेका ती सांसदले आइतबार राजीनामा दिएका हुन् ।





