सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७८, सोमबार

बुटवल, २० वैशाख – लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् । सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए । तर सोमबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका छन् । आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको भन्दै उनीहरुले भनेका छन्, ‘माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->