सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कार्यव्यवस्था समितिले निर्णय दिन नसक्दा सर्वदलीय बैठकलाई जिम्मा !

कार्यव्यवस्था समितिले निर्णय दिन नसक्दा सर्वदलीय बैठकलाई जिम्मा !

‘परामर्श समिति बैठकमा सभामुखको भूमिकामाथि प्रश्न’


  • विकास रोकामगर
  • बैशाख २१ २०७८, मंगलबार

पोखरा, २१ वैशाख – गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने भएको छ । बैशाख १५ गते अनिश्चित कालका लागि स्थगित बैठक अब कहिले सुरु हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन । सोमबार बसेको कार्य कार्यव्यवस्था समिति बैठकले निर्णय दिन नसकेपछि अनिश्चितता अझै लम्बिने देखिएको हो ।
बैशाख १५ गते बैठक स्थगन भएपछि सभामुख नेत्रनाथ अधिकारीले आइतबारदेखि सम्बन्धित विभिन्न दलसँग छलफल गर्दै सोमबार समितिको बैठक डाकेका थिए । सदन अनिश्चितकालका लागि स्थगन भएपछि पहिलो पटक सोमबार कार्य व्यवस्था समिति बैठक बसेको थियो । रोकिएको सदन कहिले सुरु हुने भन्नेबारे छलफल गर्ने बैठकको एजेन्डा थियो ।
तर, करिब ३ घन्टा लामो समयसम्म चलेको छलफलले निर्णय लिन नसकेपछि त्यसको जिम्मा सर्वदलीय बैठकलाई दिने निर्णय गरेको छ । मंगलबार बस्ने सर्वदलीय बैठकमा ५ दलका नेताले सभामुखसँग छलफल गर्ने र त्यसपछिमात्रै निस्कर्षमा पुग्ने बैठकमा सहाभागी जनमोर्चा सांसद कृष्ण थापाले जानकारी दिए ।
‘आजको बैठकले भोलि दलका नेताहरु बसेर सहमति खोज्ने र त्यही अनुरुप कुनै निस्कर्षमा पुग्ने भन्ने कुरो भो,’ सांसद थापाले भने, ‘आजको बैठकमा ठ्याक्कै यही एजेन्डामा अघि बढ्ने कुरो भएन । किन, के, कसरी भन्ने कुरो भो र अन्तिममा दलका नेताहरुलाई बोला’र बैठक बसेर टुंग्याउने कुरा भो ।’
बैशाख १५ गते सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक स्थगन गरेपछि समितिको बैठक बस्न सकेको थिएन । बैठक स्थगनपछि डाकिएको समितिको बैठकमा सभामुख नै अनुपस्थित भएपछि बैठक बस्न सकेको छैन । बैठक नबस्दा स्थगित प्रदेश सभा बैठक कहिले सुरु हुन्छ भन्ने अन्यौलमै छ ।
मंगलबार सबै दलका नेताले सभामुखसँग छलफल गर्ने र त्यसबाट आएको निस्कर्षका आधारमा मात्रै अर्को बैठक कहिले सुरु हुन्छ भन्नेबारे थाहा हुने बैठकमा सहभागी नेकपा एमालेका सांसद कृष्ण थापाले जानकारी दिए । ‘आज (सोमबार)को बैठकमा सबै दलका साथीहरुले आफ्नो विचार राख्नु भयो । दलका नेताहरुसँग सभामुखले यो घटनाकोबारेमा छलफल गरेपछिमात्रै कार्य व्यवस्था समितिको अर्को बैठक बस्छ,’ उनले भने ।
मंगलबार सभामुखहितको सर्वदलीय बैठक कतिबेला बस्छ भन्नेबारे भने टुंगो नलागेको भौतिक विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । ‘अब सभामुख ज्यूले सबै दलका नेताहरुको समय लिएर कतिबेला बैठक बोलाउनुहुन्छ,’ उनले भने ।
बैशाख १५ गते प्रदेश सभामा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर, मतदानकै दिन जनमोर्चा सांसद खिमविक्रम शाही सभामा अनुपस्थित भएर ‘गायब’ भएपछि सभामुख अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।
मतदानका दिन आफ्नो सांसद सम्पर्कविहीन भएपछि जनमोर्चा सांसद पियारी थापाले ‘खोजी गरिपाऊँ’ भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । सोही निवेदनको आधारमा सभामुख अधिकारीले सदन स्थगन गरेका थिए ।
‘परामर्श समिति बैठकमा सभामुखको भूमिकामाथि प्रश्न’
कार्यसूचीमै मतदान गर्ने तोकिइसकेको अवस्थामा पनि सभामुख अधिकारीले संसद अनिश्चितकालका लागि स्थगन गरेपछि सत्तारुढ दल नेकपा एमालेले उनको राजीनामा माग गरेको थियो । सत्तारुढ दलका सांसदले सभामुखको राजीनामा पछिमात्रै संसद अघि बढ्न दिने प्रतिक्रिया दिएका थिए ।
सोमबारको कार्य परामर्श समितिको बैठकमा बढी समय सभामुखको भूमिकाबारे नै छलफल भएको नेकपा एमालेका सांसद थापाले जानकारी दिए । ‘अस्तिको घटना (बैशाख १५) को घटनामा सभामुख ज्यूले पनि आफूलाई समीक्षा गर्नुप¥यो । कमीकमजोरी भा’छन् भने त्यसलाई रियलाइज गर्नुप¥यो । त्यसपछिमात्रै दलका नेताहरुको बैठकबाटमात्रै यो समस्याको निकास निकाल्नुपर्छ भन्ने भयो,’ उनले भने ।
बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद कुमार खड्काले पनि बैठकमा सभामुखको भूमिकाबारे नै छलफल भएको बताए । ‘कार्य व्यवस्थामा एउटा राय आइसकेपछि अस्तिको घटनाबारे छलफल भयो, अब भने सबै दलका नेता माननीय ज्यूसँग छलफल गरिसकेपछिमात्रै कुरा अगाडि बढ्ने भन्ने भयो,’ उनले भने ।
बैठकमा सभामुख नेत्रनाथ अधिकारीले भने प्रदेश सभामा जनमोर्चा अहिलेसम्म तथस्त देखिएको र निर्णायक भूमिकामा रहेको पार्टीकै सांसद सम्पर्कविहीन भएको खबर आइसकेपछि जिम्मेवारी बोध गर्दै संसद स्थगन गरेको जवाफ दिएको जनता समाजवादीका सांसद हरिशरण आचार्यले बताए । उनले बैठकमा तिक्तता होइन, समझदारीपूर्ण ढंगले अघि बढ्ने छलफल भएको जानकारी दिए ।
मतदानकै दिन सांसद सम्पर्कविहीन बनाएपछि अविश्वास प्रस्तावका पक्षधरले भने ‘अविश्वास प्रस्ताव फेल गराउन’ सत्तारुढ दलले नै गायब बनाएको आरोप लगाउँदै आएका छन् । यद्यपि सांसद शाहीले आफू बन्धन नभई बेहोस भएर अस्पताल पुगेको विज्ञप्ति सार्वजनिक गरिसकेका छन् । उनको एकैदिन ३ थरि कोरोना रिपोर्ट आएको थियो । उनले अविश्वास प्रस्तावमै मतदान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->