शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट मुस्ताङमा एक युवाको मृत्यु

कोरोनाबाट मुस्ताङमा एक युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७८, आइतबार

मुस्ताङ, २ जेठ – कोरोना संक्रमणबाट मुस्ताङमा एक युवाको मृत्यु भएको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउपालिका १ रानिपौवाका ३३ बर्षिय युवाको उपचारको क्रममा पोखराको मनिपाल शिक्षण अस्पतालमा शनिवार मृत्यु भएको हो । बारागुङ मुक्तिक्षेत्र गाउपालिकाका स्वास्थ्य सयोजक खगेन्द्र बोहोराका अनुसार ती युवाको युवाको मुस्ताङमा एन्टिजेन र पिसिआर परिक्षण गर्दा कोराना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका ती युवाको स्वास्थ्य अवस्था गम्भीर भएपछी एकसाता अगाडि हेलिकप्टर मार्फत पोखरा लगिएको थियो ।

योसगै मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सख्या २ पुगेको छ । यसअघि ७२ बर्षिया महिलाले ज्यान गुमाएकी थिईन ।
मुस्ताङमा हालसम्म सक्रमितको सख्या १ सय १३ पुगेको छ । तीमध्ये १७ जना निको भएको स्वास्थ्य कार्यालय जोमसोमले जनाएको छ ।

संक्रमितमध्ये घरपझोङमा ३५ जना, बारागुङ मुक्तिक्षेत्रमा ३६ जना र थासाङमा ३५ जना सक्रिय सक्रमित रहेका छन् । गम्भीर अवस्थामा रहेका ८ जना सक्रमितको हेलिकप्टरमार्फत पोखरा र काठमान्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->