आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !

सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !


  • अर्जुन पराजुली
  • जेष्ठ १२ २०७८, बुधबार

सरकार !

तेरो पानीजहाज लैजा

चुच्चे रेल लैजा

तेरो स्मार्ट-सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबैको बदलामा तैंले

मलाई एक सिलिन्डर अक्सिजन दे !

(प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->