बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुन हो जीवनको अन्तिम परिक्षा ?

कुन हो जीवनको अन्तिम परिक्षा ?


  • राधिका कल्पित
  • जेष्ठ १३ २०७८, बिहिबार
थाहा छैन
भाग्य विधाता छ/छैन
थाहा छैन
प्रारव्ध हुन्छ/हुँदैन
तर बुझ्न सक्दिन
कसले लिईरहन्छ जीवनको परिक्षा ?
यत्ति जान्न चाहन्छु
कुन हो परिक्षाको सर्वोत्तम लब्धाङ्कपत्र ?
कुन हो अोहोदाको उच्चतम प्रमाणपत्र ?
कुन हो जीवनको अन्तिम परीक्षा ?
कुन कुन हुन् जीवनका कठिनतम प्रश्नहरु ?
केके हुन जीवनका सर्वोत्तम उत्तरहरु ?
भनिदे अब
कति छन्
मैले दिनुपर्ने बाँकि परिक्षाहरु ?
ए प्रताडक परिक्षक!
तँलाई जत्ति अभिमान छ तेरो प्रबन्धमा
मलाई पनि त्यति स्वाभिमान छ मेरो दक्षतामा
यत्ति हेक्का राख्
म पनि होइन कुनै निरीह दैवाधीन
बरु हुँ एक अब्बल परिक्षार्थी
यदि तँ बलवान होस् भने
लिई अब एकमुष्ट
मेरा जीवनका बाँकी सबै परिक्षाहरु
र थमाइदे सम्पूर्ण प्रमाण पत्रहरु
म प्रमाणित गर्न चाहन्छु
म डरूवा होइन
हरुवा त झन हुँदै होइन ।
बस् अन्तिम चाह यत्ति हो
छामेर जिन्दगीलाई नजिकबाट
एक निद्रा मस्त निदाउन चाहन्छु !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->