आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जनताको बलिदानले अएको गणतन्त्र

जनताको बलिदानले अएको गणतन्त्र


  • दुर्गालाल तिवारी
  • जेष्ठ १४ २०७८, शुक्रबार

हजारौ सहिदको रगतले साटेको हो यो तन्त्र
न्याय अनि स्वतन्त्रता समावेशी थियो यस्को मन्त्र ।
सत्रहजार भन्छौ अहिले तिमी तेही हो मूल जरो यस्को
ज्ञानेन्द्रले लगि पिजडामा थुन्दा थियो अवस्था कस्तो ।।

बन्यो मोर्चा सातदल र माओवादी मिलेर बढ्ने तर्क
ज्ञानेन्द्रको निर्वाचनलाई असफल पार्ने भयो सर्त ।
यस्को पनि विरोध गर्ने ठुलै झुण्ड थियो एउटा
गर्दै थियो साठगाँठ सामन्तसँग मानेर उसलाई देउता ।।

देखाउन थाल्यौ परिवर्तनलाई स्विकारेको आत्मसाथ
भित्र भित्रै बुन्दै गयो मौका मिले हान्ने लात ।
नगर है मास्ने कोसिस जनताको जित हो यो
जनताको दुश्मन चिन्न  गार्हो भयो यो हो कि त्यो ।।

जनताको उस्तै छ अवस्था फेरियो तन्त्र मात्र
दलालहरु भए हावि खै भएन नातावादको अन्त्य ।
गरिब झन गरिब बन्दै धनी झन् धनी बन्दै
लाखौ युवा विदेशमा छन् कहिले फर्कौ नेपाल भन्दै ।।

यति ठुलो परिवर्तनलाई गुमराहमा राख्ने को हो
जुट फेरि बनाऊ मोर्चा छौ समाजवादी जो जो ।
दिदै जाउ समाजवादको अाधार चिनाऊ दुश्मन को हो
हजारौ जनताको  बलिदानले आएको गणतन्त्र हो यो ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->