बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नयाँपुलको भीमकाय पहिरो हटाउने जिम्मा नेपाली सेनालाई

नयाँपुलको भीमकाय पहिरो हटाउने जिम्मा नेपाली सेनालाई


  • ढोरपाटन सम्वाददाता
  • असार २७ २०७८, आइतबार

पर्वत, २७ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटस्थित नयाँपुलको पहिरो हटाउने जिम्मा नेपाली सेनालाई दिईएको छ । गत बिहीबार खसेको भीमकाय पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
मध्यपहाडी सडकको काम गरिरहेको लामा कन्स्ट्रक्सनले एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउन प्रयास गरे पनि ठूला आकारका ढुंगा पन्छाउन नसकेपछि नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरेर आइतबार पहिरो पन्छाउने तयारी गरिरहेको छ ।
सेनाको केवलजंग गुल्म पर्वतका सहसेनानी प्रवीण धितालका अनुसार, पहिरोमा आएका ढुंगा फुटाउनका लागि प्रयोग हुने विस्फोटक पदार्थ पर्वतमा नभएका कारण छिमेकी जिल्ला म्याग्दीबाट ल्याएर पहिरो पन्छाउने तयारी भइरहेको छ । ‘अहिले वर्षा भइरहेको छ, ठूलो वर्षा भयो भने त पहिरो स्थलमा काम गर्न कठिन हुनसक्छ, तर सिमसिम पानी परिरहेको बेलामा केही फरक पर्दैन,’ धितालले भने ‘विस्फोटक पदार्थ आएपछि सडक खुलाउन लामो समय नलाग्ला ।’
डोजरले पहिरो पन्छाउन नसकेपछि शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विस्फोट गरेर सडक खुलाउने र त्यो काम नेपाली सेनालाई जिम्मा दिने निर्णय भएको केवलजंग गुल्मका सेनानी रमेश थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->