बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भाग् कुहिरो भाग्

भाग् कुहिरो भाग्


  • रमेशचन्द्र घिमिरे
  • साउन २ २०७८, शनिबार

भाग् कुहिरो भाग्
भाग् कुहिरो भाग्

हेर्दा आकार छैन
छेक्छ देखिँदैन
आफ्नो बाटो लाग्
भाग् कुहिरो भाग्

रुवा हो कि भुवा
बाफ हो कि धुवाँ
धमिलो छ दाग
भाग् कुहिरो भाग्

मन छ उता पुग्ने
गुँडमै कति लुक्ने ?
भन्छ चरो काग
भाग् कुहिरो भाग्

सधैँ कति डस्छस् ?
कहिलेसम्म बस्छस् ?
जानै लाग्यो माघ
भाग् कुहिरो भाग् ।

लेखकः रमेशचन्द्र घिमिरे

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->