आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सज्जनको ‘सुखीमाया’

सज्जनको ‘सुखीमाया’


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७८, मंगलबार

बागलुङ/पत्रकार सज्जन कुमार सिंहको छोटो चलचित्र ‘सुखीमाया’ सार्वजनिक भएको छ । समसामयीक बिषय बस्तुमा तयार पारिएको चलचित्र युटुव मार्फत सार्वजनिक भएको हो । प्रेममा फसेका किशोर किशोरीले अपरिपक्क उमेरमा बिहे गर्दा आईपर्ने समस्याको बिषय चलचित्रमा देखाईएको छ ।
सामाजिक, आर्थिक र पारिवारीक हिसावले समेच अपरिपक्क उमेरको बिबाह घातक हुने दृष्यले संकेत गरेको छ । गरिव परिवारका दाम्पत्यको कथा उठान गरिएको चलचित्रलाई धाराबाहिक रुपमा अघि बढाइने निर्माण पक्षले जनाएको छ । सज्जन कुमार सिंह, दिपा थापा मगर, रासिक सेन्चुरीको अभिनय भिडियोमा देख्न पाईन्छ ।
चलचित्रमा, अनिल सुनाम, कुमार सेन्चुरीको अभिनय छ । भिडियोको छायांकन, सम्पादन इश्वरबाबुले गरेका हुन्भने कथा÷निर्देशन सज्जन कुमार सिंहको रहेको छ । भिडियो मुनाल अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->