पोखरा/गायक सन्तोष बस्यालको ‘माछापुच्छ«े हिमचुलीको’म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो ।
भिडियोमा गायक सन्तोष सँगै मोडल शर्मिला अधिकारी, वर्षा क्षेत्री, सबिन गायक र नबु सुवेदीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । पोखरा आसपासका रमणीय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियो नेत्र इन्टरटेन्मेन्टको अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको होे ।
गीतमा पोखराको महिमालाई प्रस्तुत गरिएको गीतकार रामजी घिमिरेले बताए ।
गायक सन्तोष बस्याल अग्रज गीतकार र संगीतकारसँग सहकार्य गर्न पाउँदा खुशी छन् । उनले पोखरामा बसेर पोखराको गीत गाउने रहर आफ्नो पहिले देखिको भएता पनि अहिले आएर सपना पुरा भएको बताए । गायक सन्तोष बस्यालको यसअघि ‘मैले तिमीलाई माया गर्दा’, ‘रेशम फिरीरी’, ‘ढाट्यो मायाले’, ‘एउटै मुटु’ लगायतका गीत सार्वजनिक भइसकेका छन् । छिट्टै नै बस्यालको संगीत र आवाज रहेको ‘बस है प्यारी’ सार्वजनिक हुँदैछ ।





