पोखरा/ वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातौं स्मृति दिवसको अवसरमा वरिष्ठ सञ्चारकर्मी एवम लोकगायिक शान्ति गुरुङ सम्मानित भएकी छन् । लोकबहादुर स्मृति प्रतिष्ठानले शनिबार आयोजिना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
गुरुङलाई ३५ हजार रुपैयाँसहित सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको हो । उनी रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख एवं वरिष्ठ सम्पादक, तमु संचारकर्मी संघ कास्की अध्यक्षलगायत विभिन्न संस्थामा संलग्न छन् । सम्मानित गुरुङलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य मीना गुरुङ, प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्याम,स्वर्गीय लोकबहादुर गुरुङको धर्मपत्नी सीता गुरुङले सम्मान गरेका हुन् ।





