धौलागिरी एफएम बाट तिजको शुभकामना
श्रोता लाई सम्झीने हाम्रो चाहना
कोरोनको सन्देश दिदै हजुर सामु आएको
सुन्नुहोला श्रोताले गित गाएको
कति मरे कोरानाले कति मरे बाढीभेलमा
के मनाउनु तिज पनि यस्तो बेलामा
पोहोर पनि कोरोना अहिले पनि कोरोना
यो बर्षनी तिज मनाउ घर घरमा
लापरबाही गर्दै हिड्दा पछुताउनु पर्लानी
कोरोनाले हजुर लाईनी असर गर्लानी
कोरनाले सिङ्गो राष्ट्र गलाउदै गाको छ
पोहोर भन्दा अझै कडा भाईरस आको छ
ज्वरो आउने टाउको दुख्ने धेरै खोकी लाएमा
कोरोनाको संका गर्नु गार्हो भएमा
लक डाउन र महंगीको ब्याथा अझै सार्हो छ
गरिब दुखी बिपन्न लाई अझै गारो छ
अप्ठेरोमा परेकालाई सक्दो सहयोग दिनुहोस है
मानवतानै धर्म हो बुझि लिनोस है
यस्तो बेला धेरैजना नभएनी साथमा
धौलागिरी एफएम छ हातहातमा
सबै कुरा थाहाँ पाउने श्रोताको साथि छ
अरु भन्दा हाम्रो एफएम अझै माथि छ
खुसी रहनु श्रोता यहि हाम्रो चाहना
तिज पर्व शुभ रहोस शुभकामना





