हतार हतार कुदेरै पो चलाउनु छ मेरो देश
बनाउनलाई स्वीजरल्याण्ड फाल्या हो है ति नरेश ।
पहिला पहिला बुद्धी चल्थ्यो हुन्थ्यो खेल जस्तो चेस
बाहिर केही देखिन्थे खैर गर्थे जनता गेस ।
माथि बस्ने माथि हुन्थे तल बस्ने पाउथे आडेस
लोकतन्त्र नाम मात्रै भो जनतालाइ सदा ठेस ।
नेता जति सत्ता पछि गाली गर्छन त मरेस
जलि रहन्छ भित्री मन भोट दिएका ती परिवेश ।
मेरी आमा मर्ने भइन हेर्न पाइनन सुखी देश
सतीको सराप परेको हो फुल्ने भयो त्यसै केश ।





