बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा बिस्तार

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा बिस्तार


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७८, मंगलबार

बागलुङ/मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ ।

उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारीए । उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा सुरु गरिएको उनले बताए ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए । ‘मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्रीजी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछ’, उनले भने, ‘मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटर्वक विस्तार भएकाले अब समस्या हुँदैन ।’

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युत्को पोलमा बिटिएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा अबरुद्ध नहुने प्रमुख शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->