स्याङ्जा/ कवि अनन्तकुमार श्रेष्ठको कविता संग्रह एउटा सत्यको पुतलीबजारमा लोकार्पण एवं परिचर्चा गरिएको छ ।
साहित्यकार तथा कविहरुको मनोवल उच्च बनाउने उदेश्यले गुडीखोलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्राज्ञ विम्बकवि रमेश श्रेष्ठले कविताहरुले दुखी जनताहरुको पक्षमा बोल्नुपर्ने बताए ।
कार्यक्रममा श्रष्टा अनन्तकुमार श्रेष्ठ, लक्ष्मी सामुदायिक पुस्तकालयका अध्यक्ष अनन्त मरासिनी, साहित्यकार चिन्तु गिरी, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, भुवन क्षेत्री र सुवास मल्ललगायतले कविताकाबारे बोलेका थिए ।एउटा सत्यका लेखक तथा साहित्यकार कवि श्रेष्ठको कृतिका आधारमा चौथो र कविताका आधारमा दोस्रो कृति हो ।संग्रहमा ४१ वटा कविता समेटिएका छन् ।





