आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कविता : देशले रगत माग्छ भने…

कविता : देशले रगत माग्छ भने…


  • अर्जुन परीयार
  • असोज २० २०७८, बुधबार

हजारौं छन् उद्देश्य
लक्ष थरी, थरी,
जनताको सेवाको लागि
सदा समर्पीत नेपाल प्रहरी ।

शान्ति सु–व्यवस्था कायम गर्न
अहोरात्र डियुटी गर्छौं,
गौतम बुद्ध जन्मेको भुमिमा
शान्तिको सन्देश छर्छौं ।

संबिधान र प्रहरी ऐन
नियमावली पालना गरी,
नेपाल प्रहरी मुस्कुराउँछ
सबको ओठमा मुस्कान छरी ।

हिमाल पहाड तराई
हामी सबको समान हौं,
राष्ट्रिय झण्डा शिरमा बोक्ने
हामी राष्ट्रको पहिचान हौं ।

देशको सेव ागर्न मन
सुख शान्ति परम,
आत्मसात गर्दै आदर्श बाक्य
सत्य सेवा सुरक्षणम् ।

मुस्कान सहितको प्रहरी सेवा
सबैको ओठमा मुस्कान छर्ने,
पीडितलाई न्याय दिँदै
अपराध अनुसन्धान गर्ने ।

भीड नियन्त्रण अपराध नियन्त्रण
जोखिम पर्दा लागिपर्ने,
भूकम्प र भूक्षय अनि
बाढी आउँदा उद्धार गर्ने ।

हत्या, हिंसा उन्मुलन गर्दै
हामी सबको प्यारा छौं,
देशले रगत माग्छ भने
हामी दिन तयार छौं ।
समुदाय प्रहरी साझेदारी
बोक्दै नौलो अभीयान
नयाँ राष्ट्रको निर्माणमा बन्न सक्छौं
नेपाल प्रहरी जागरण ।

(प्रहरी जवान अर्जुन परीयारले ६६ औं प्रहरी दिवसको अबसरमा बागलुङमा आयोजित कार्यक्रममा प्रस्तुत गरेको कविता )

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->