बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी

मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७८, शनिबार

बागलुङ/ दशैँलाई लक्षित गरि हिमाल पारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ ।

तिब्बतबाट भेडाच्याङ्गा नआएपछि बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएको हो । अघिल्ला बर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडाच्याङ्ग्रा निकासी हुँदै आएको थियो ।
निकासी भएका अधिकाँश भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाईएको भेटरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए ।
यसबर्ष मुस्ताङबाट ठुलो संख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो बर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बिचका व्यापारीहरुले मुल्य समेत बढाएका छन् ।
गत बर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मुल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरि ल्याएका सिन्धुपाल्चोकका अमर बहादुर ठकुरीले अघिल्लो बर्षको तुलनामा प्रतिगोटा ५ देखि ११ हजारसम्म मुल्य बढी तिर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->