शव
सब देखिरहेछ ,
कि तिनिहरु कसरी राेइरहेछन्
ती जाे हिजाे उसलाई
ठेस लाग्दा पनि हाँसेर जान्थे ।
शव
देखिरहेछ,
तिनिहरु पनि आज
हातमा फुल लिएर आएकाछन
जाे हिजाे उ समस्यामा हुदा
सहयाेग माग्न जादा पनि
ढाेका बन्द गर्थे ।
शव
याे पनि देखिरहेछ
कि हिजाे जाे उसले प्रेम माग्दा
प्रेम दिन इन्कार गर्थे आज
उनिहरु पनि प्रेम दर्साइरहेछ ।
शवले ती सबका ,
सब प्रतिक्रिया देखेर
याे साेच्दैछ,
“यहाँ कसैकाे साथ,प्रेम,सहयाेग,सान्त्वना,…
यी सब पाउन पनि
मान्छे शव हुनुपर्दाे रहेछ ।”





