शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्रष्टा देवीप्रसाद वनवासीलाई वालिङमा सम्मान

स्रष्टा देवीप्रसाद वनवासीलाई वालिङमा सम्मान


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७८, बिहिबार

स्याङ्जा – सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेश, हरिदेवी कोइराला साहित्य सङ्गित राष्ट्रिय सम्मान कोष, कास्की र बैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियान २०७६ स्याङ्जाद्वारा आयोजित कृति विमर्श, स्रष्टा सम्मान तथा रचना वाचन नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको सभाहल मिर्दीमा शनिवार सम्पन्न भएको छ ।
सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशका सभापति शम्भु अर्यालको सभापतित्वमा समपन्न भएको कार्यक्रममा प्रमुख अतिथि वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले साहित्यको प्रवद्र्धनमा सवै लाग्नुपर्ने वताए । विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना तिवारीले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरिन् ।
कार्यक्रममा नेपली साहित्यका अग्रज स्याङ्जाली स्रष्टा देवी प्रसाद वनवासीलाइ हरिदेवी कोइराला साहित्य सङ्गित राष्ट्रिय सम्मान कोषले प्रदान गरेको नगद पच्चीस हजार रूपैया प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि खाँणले दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा लघुकथाकार टुका देवी आचार्यको लघुकथा बार्दली माथि लिली अधिकारी र छन्दमणी त्रिपाठीले विमर्श गरेका थिए । विमर्शमा लघुकथामा हुनुपर्ने गुणहरू, छिटोछरितो प्रस्तुति, विम्व, प्रतिक, शुत्रातमक, साङ्केतिक, र वाक्यमा द्रुत गतिको प्रवाहले लघुकथा संरचनात्मक बनेको छ । नेपाली मौलिक पात्र, समय,परिवेशले कथा पढ्दै जाँदा आँफैलाई परेका घटनाहरू जस्तै अनुभव हुँने विचार ब्यक्त गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख खाँण, कल्पना तिवारी, दुर्गाबहादुर कोइराला, डा. यामबहादुर पौडेल क्षत्री, टुका देवी आचार्य, कृष्णप्रसाद पौडेल, देवीप्रसाद वनवासी र हरिदेवी कोइरालाले मनतब्य राखे । कार्यक्रम सञ्चालन स्याङ्जाली साहित्यिक प्रतिभा मिलन समीरले गरेका थिए । कार्यक्रममा रचना वाचन बोधराज न्यौपाने, सुनिता देवकोटा, नारायणप्रसाद ज्ञवाली, सुर्यप्रसाद डुम्रे, प्रसान्त बगाले,सुदिप सुवेदी, अजित क्षत्री, अजित काफ्ले , लेखनाथ काफ्ले, सागर काफ्लेले गरेका थिए । हरिदेवी कोइरालाले लोकगीत वाचन गरेपछि कार्यक्रमका सभापति अर्यालले कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->