आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

म्युजिक अवार्डको तयारी

म्युजिक अवार्डको तयारी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

पोखरा/ कार्तिक ५ गते शुक्रबार पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो अवार्ड वितरण कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो ।

उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक श्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाए । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक रहेका छन् ।

नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८ मा वितरण गरिने लाइफटाइम एचिभमेन्ट अवार्ड नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको आयोजक पुष्पाञ्जली स्टुडियो प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->