मोवाइल फोन मान्छेको अपरिहार्यमध्येको एक साधन बनेको छ । मोवाइल विनाको जीवन कल्पना बाहिरको हुन थालेको छ । तर।, यही मोवाइलका कारण बालबालिकाहरुको भविष्य बरवाद पनि भइरहेको छ र यसको मुख्य कारण सन्तानलाई भन्दा मोवाइलमा झुण्डिने अभिभावक नै भएको अध्ययनहरुले देखाएका छन् ।
अनलाइन गेमको लतबाट बालबालिकालाई जोगाउन विभिन्न देशहरुले नयाँ कानून ल्याएका छन् । बेलायतले डाटा सुरक्षण तथा सुरक्षित विद्युतीय सेवाको लागि सेप्टेम्बर २ देखि नयाँ नियम लागु गरेको छ । त्यहाँका सबै वेबसाइटहरुमा यो नियम लागु हुनेछ । चीनले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई अनलाइन गेमको कुलतबाट जोगाउन हप्तामा ३ घण्टामात्रै गेम खेल्न पाउने नियम बनाएको छ । उनीहरुले शुक्र,शनि र आइतबारमात्रै गेम खेल्न पाउने छन् । नेपालमा त्यस्तो नियम बनिसकेको छैन तर केही बालबालिकामा अनलाइन गेमको लत बसेको परिवारका सदस्यहरुबाट बाहिर आएको अभिव्यक्तिले प्रष्ट पारेको छ ।
के हुन्छ ?
भारतीय मनोविज्ञ विन्दा सिंहका अनुसार अनलाइन गेमले बालबालिकाको आँखा र दिमाग दुबैमा असर पु¥याउँछ ।
कसरी थाहा पाउने ?
बच्चाहरु दिनभर फ्रिफायरजस्तो गेम खेलिरहेका छन् भने ऊ अनलाइन गेमको लतमा फसेको बुझ्दा हुन्छ ।
लत लागेका बालबालिकाहरुमा रिसाहा,सनकी र स्मरणशक्ति हराउने अवस्था सिर्जना हुन्छ ।
कसरी छुटाउने ?
बालबालिकाहरुसँग बढीभन्दा बढी समय बिताउने ।
अभिभावक स्वयंले फुर्सदको समयमा मोबाइलमा झुण्डिन छाड्ने र उनीहरुसँग कुराकानी गर्ने ।
धार्मिक कथा,ज्ञानगुनका कुरा सुनाउने,नाच,संगीत चित्रकला,घरभित्र वा बाहिर खेल्नसक्ने खेलतिर उनीहरुलाई प्रेरित गर्ने ।
घरका साना काम गर्न उत्प्रेरित गर्ने ।





