आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शरणार्थीको पीडा बक्नेलाई नोबेल पुरस्कार

शरणार्थीको पीडा बक्नेलाई नोबेल पुरस्कार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७८, शनिबार

सन् २०११ को साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियामा जन्मेका तथा हाल बेलायतमा बसोबास गर्ने अब्दुल रज्जक गुरनाहलाई प्रदान गरियो । शरणार्थीका पीडालाई मिहिन ढंगले आफ्ना उपन्यासमार्फत् प्रस्तुत गरेबापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो । उनले उपन्यासमार्फत् व्यक्त गरेको भावना वास्तवमा उनकै मनभित्रको भावना हो भन्ने गरिन्छ । किनकि, सन् १९४८ मा तान्जानियाको जंजिबारमा जन्मेका गुरनाह २० वर्षको उमेरमै शरणार्थी बनेका थिए ।
गुरनाहका रचनामा उपनिवेशवाद एवं शरणार्थीको पीडा एकसाथ व्यक्त भएको पाइन्छ । पुरस्कार प्रदायक संस्था स्वीडिस एकेडेमीका अनुसार गुरनाहले उपविनेशवादको प्रभाव र शरणार्थीको दुर्भाग्यका सामु घँुडा टेकेनन् । उनले उपन्यासमार्फत् पूर्वी अफ्रिकाको विविधतापूर्ण संस्कृतिको सम्पूर्ण पाटो बाहिर ल्याए अनि संसारलाई नयाँ कोणबाट सोच्न बाध्य बनाए ।


गुरनाहले जंजिरबार क्रान्तिको दौरान देश छाडेका थिए । सो कालखण्डमा अरब मूलका नागरिकमाथि भएको दमन र अत्याचारको भुक्तभोगी बनेका गुरनाह खासमा लेखक बन्न चाँहदैनथे । तर, जब उनी बेलायत आए, आफूले भोगेको समय र देखेको सत्यलाई बाहिर ल्याउन साहित्यलाई हतियार बनाए । मातृभाषा स्वाहिली भएपनि उनले अंग्रेजीमा लेख्न थाले ।

बेलायत आएसँगै उनले युनिभर्सिटी अफ केन्छ इन क्यान्टबरीमा अंग्रेजी शिक्षको रुपमा काम गरे । त्यहाँ उनी अंग्रेजी साहित्य र उत्तर औपनिवेशिक साहित्य पढाउँथे । सोही विश्वविद्यालयबाट उनले सन् १९८२ मा पिएचडी गरे र पछि नाइजेरियाको बायरो विश्वविद्यालयमा पनि पढाए ।उनका चर्चित उपन्यासमध्ये प्याराडाइज(१९९४), बाइ द सी(२००१), मेमोरी अफ डिपार्चर, पिलग्रिमेज वे, द लास्ट गिफ्टलगायत रहेका छन् । उनलाई नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथि अर्थात् आउँदो १० डिसेम्बरमा पुरस्कार अर्पण गरिँदैछ । उनीसँगै यो वर्ष चिकित्सा,भौतिक ,रसायन ,शान्ति र अर्थशास्त्रमा पुरस्कार पाउने सबैलाई पुरस्कार अर्पण गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->