पोखरा/ ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ ।
मुक्तकको उत्थान र विकासमा क्रियाशिल मुक्तक मन्च केन्द्रिय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य र सम्पादक निशा केसीले गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी प्रकाश अधिकारीले गरेका थिए ।





