आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

उत्कृष्ट पाँचमा ‘जिन्दगीको लामो बाटो’

उत्कृष्ट पाँचमा ‘जिन्दगीको लामो बाटो’


  • ढोरपाटन संबाददाता
  • कार्तिक २० २०७८, शनिबार

बागलुङ/ तेस्रो सगरमाथा म्युजिक अवार्डमा बागलुङका नवप्रतिभा विवि थापाको रचना उत्कृष्ट पाँचमा छनोट भएको छ । काठेखोला गाउँपालिका ४ को नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाको ‘जिन्दगीको लामो बाटो’ गीत उत्कृष्ट नवप्रतिभामा छनोट भएको हो ।

कात्तिक २६ गते घोषणा हुने अवार्डका लागि थापाले लेखेको गीत छनोट भएको जानकारी गराए । राजकुमार बगरको संगीत रहेको गीतमा स्वरुपराज आचार्यले स्वर दिएका छन् । स्वरांकन भएको थापाको यो पहिलो गीत हो ।

वियोगान्त कथामा आधारित गीतका शब्द उत्कृष्ट छनोट भएका हुन् । थापाले २०७७ मा प्रकाशन गरेको झुलेनीको काखबाट गीत संग्रहमा रहेको ‘जिन्दगीको लामो बाटो’ गीतमा संगीत भरेका थिए । २०७७÷७८ मा बजारमा आएका नयाँ गीतमध्येमा उनको गीत पनि उत्कृष्ट पाँचमा परेको हो ।

गीतलाई न्याय दिन भोट गरिदिन थापाले पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् । थापाले भोट गर्ने तरिका आफ्नो सामाजिक सञ्जालमार्फत दिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->