आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रशन्ना सर्वोत्कृष्ट गायिका

प्रशन्ना सर्वोत्कृष्ट गायिका


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७८, शनिबार

पोखरा/ स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करण होटल ¥याडिसनमा भव्य रुपमा सफल भएको छ । अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार, सौन्दर्यविद, खेलाडी, समाजसेवीलगायत करीब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए । यसअघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरुलाई दोहा लगेर सम्मान गरेको थियो ।
दक्ष इन्टरनेसनलको आयोजनामा भएको उक्त अवार्ड कार्यक्रममा नायक भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नायक रमेश उप्रेती, नायिका रेजिना उप्रेती, गायिका सिन्धु मल्ल, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, वरिष्ठ गायक सिताराम पोखरेल, वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ कलाकार मोहन निरौला, निर्देशक दिपक आचार्य ‘काकू’लगायतको उपस्थिति थियो ।
यस वर्षको सर्वोत्कृष्ट गायिका स्टार इन्टरनेसनल अवार्ड गायिका प्रशन्ना पाण्डेले जितेकी छन् । हरेक प्रकारका गीत गाउन सक्ने गायिकाको रूपमा परीचित उनी महोत्सव र देश विदेशका कार्यक्रममा पहिलो रोजाई बन्न सफलसमेत छिन् । विदेशमा आयोजना हुदै आएको उक्त अवार्ड कोरोना महामारीका कारण यो वर्ष स्वदेशमै भएको जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->