बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा हिमपहिरो

मुस्ताङमा हिमपहिरो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७८, आइतबार

मुस्ताङ/मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेकाे पहिराेले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिमपहिरोका कारण स्थानीय त्रसित बनेका छन् ।
धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा आएर खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए।
उनले भने,‘हिम पहिरो खसेको ठाउँमा मानव बस्ती नभएपनि त्यस आसपासमा भएको मानवबस्तीलाई समेत गराएका छौं । पहिरो खस्दै गरेको जनआदर्श अमरसिंह माविका विद्यार्थीहरुले देखेको रहेछन् ।उनीहरु डरले भागदाैड गर्दा ९ जना सामान्य घाइते भएका छन् । ’ उनका अनुसार घाइतेहरुलाई जोमसोम ल्याउने तयारी भइरहेको छ ।
‘मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका सीडीओ शर्माले भने, ‘पहिरो थप खस्नसक्ने भएकाले सचेत रहन भनेका छौं ।’ यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->