धन कमाएनी न मात साथि
कोहि पनि जल्दैन धन माथि ।
एक पटक अतितलाई सम्झ
कहिलै टाढा हुदैन बाल साथि ।।
घरमा भोक नमेटिदा साथिकोमा खाको
चप्पल छिन्दा रसि राखि महिनौसम्म लाको
पिँडालु र सखरखण्डले टारेका ती छाक
आज किन लगाउछौ सम्पत्तिको धाक ।।
सम्झ सम्झ अतितलाई सम्झ खुसि भएको भात खान पाउँदा
एक जोर कपडा पाएको सम्झ वर्षदिनको चाडपर्व आउदा ।
पाउदैनथ्यौ दुई चार पैसा स्कुल जादा खेरी
टुलुटुलु हेर्ने गर्थ्यौ नास्ता खादा खेरि
गारो गारो थियो हजुर एक छाकखान लाउन
आज किन गाउन लाग्यौ धनका गित गाउन ।।
खालि खुट्टा टालेका कपडा जान्थ्यौ स्कुल संगि साथि मिलेर
सम्पत्तिले बढायो दुरि हुन्छ अन्त्य चितामा जलेर ।।





