आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कथा: स्मार्ट र बुद्धिमान

कथा: स्मार्ट र बुद्धिमान


  • शिव प्रसाद पाँण्डे
  • मंसिर ४ २०७८, शनिबार

चतुरे र गमे एउटै कक्षामा पढने साथी थिए । शिक्षकले बिज गणित पढाइ रहेका थिए । ए जोड ए कति हुन्छ ? यो एकमा एक जोडदा कति हुन्छ भने जस्तै त हो । भन त एकमा एक जोडदा कति हुन्छ ? चतुरेले भने – यो त सजिलो छ नि दुई हुन्छ । तर गमेले उल्टै शिक्षकलाई प्रध्न सोधे – दुईवटा फलामका टुक्रालाई ओल्डिङ गरि जोडदा एउटा हुदैन त सर ? शिक्षक केही क्षण अलमलमा परे र भने – त्यो पनि ठीकै हो । स्कुल छुट्टीपछि तिनीहरु घरतिर लागे । बाटोमा दुई जना जड्याहाहरु झगडा गरि रहेका भेटिए । चतुरेलाई थाहा थियो कि यस्तो अवस्थामा तिनीहरुलाई सम्झाउनु पर्दछ । त्यसैले उनले भने – झगडा नगर्नु होस् । दुबै जड्याहाले उनलाई हप्काउदै आफ्नो बाटो लाग्न भने । यस्तो अवस्थामा चुप रहनु नै ठीक हुन्छ भन्ने कुरा गमेलाई थाहा थियो ।
तिनीहरु एउटा खोलामा पुगे । त्यो खोलामा एउटा सानो बच्चा तर्न तम्सिएको देखियो । चतुरेले यो देख्ने बित्तिकै भने – खोलामा नजाउ ! तिमी तर्न सक्दैनौ । तर गमे दौडेर गई ती बच्चालाई खोलामा पस्नबाट रोके । केही पर पुगेपछि रुखमा काफल पाकेको देखे । चतुरे काफल टिप्न रुखमा चडे । तर उनी बीचैबाट खसे । सामान्य चोट लाग्यो । गमेले भने – अस्ति मभन्दा धेरै ठूला दाइ त चडन सकेका थिएनन् । त्यसैले मैले त प्रयास गरिन ।
तिनीहरु साँगुरो बाटोमा पुगे । यस्तो बाटोमा कुनै जनावर फेला परे के गर्ने भन्ने बारे ती दुईबीच कुराकानी भयो । चतुरेले यस बारे भन्दै गए – सानो जनावर भेटिए त्यसलाई धपाउनु पर्दछ । ठूलो जनावर देखिए भाग्नु पर्दछ र केही खतरा नहुने जनावर देखे बाटो छोडि दिनु पर्दछ । गमेले टाढासम्मको बाटो हेर्दै हिडेका थिए । उनले धेरै टाढाबाट एउटा गोरु आफुहरुतिर आइ रहेको देखे । उनले भने – छीटै बाटोमाथि उक्लौ । गोरु आउदै छ । त्यसपछि तिनीहरु एउटा मन्दिरको नजिकै पुगे । एउटा वृद्ध बज्यै मुस्किलले हिडिरहेकी थिइन् । गमेले ती बज्यैलाई डोर्‍याउन खोजे । ती बज्यैले भनिन् – भो बाबु , के दु:ख दिनु । चतुरेले भने – सहयोग मागेको भए पो गर्नु, जाँउ उछिनेर । गमेले जवाफ फर्काए – हजुर आमाले पर्दैन भने पनि सहयोग गर्दा उहाँलाई सजिलो हुन्छ नि ।
तिनीहरु चौपारीमा पुगे । त्यहाँ धेरै मानिस भेला भएकोमा चतुरे र गमेका वावुहरु पनि थिए । चतुरे र गमेले स्कूलदेखि बाटोमा घटेका सबै घटना सुनाए । सबैले चतुरे र गमे स्मार्ट र बुद्धिमानी भएकोमा प्रशंसा गरे । चतुरे र गमे मन्दिरतिर गए । एक जना पाका निवृत्त शिक्षकले भने – मलाई त यी दुई बालकमध्ये सापेक्ष रुपमा हेर्दा एक जना स्मार्ट र अर्को बुद्धिमान भएको भएको लाग्यो । एक जनाले सोधे – यी दुबै शब्दहरुको अर्थ एउटै होइन र ?
ती शिक्षकले भन्दै गए- यी दुईमा धेरै फरक भएको मलाई लाग्दछ । सही उत्तर दिने क्षमता स्मार्ट हो भने सही प्रश्न सोध्ने क्षमता बुद्धिमान हो । स्मार्ट व्याक्तिलाई काहाँ बोल्नु पर्छ भन्ने थाहा हुन्छ भने बुद्धमान व्याक्तिलाई चुप बस्नु पर्छ थाहा हुन्छ । स्मार्ट व्याक्ति आफ्नो गल्तीबाट सिक्दछ भने बुद्धमान अरुको गल्तिबाट सिक्दछ । स्मार्ट व्याक्ति तर्कबाट जित्न खोज्दछ तर बुद्धिमान व्यवहारबाट खोज्दछ ।
एउटै कुरा पकडेर बस्नु स्मार्टनेस हो भने अगाडि बढिरहनु बुद्धिमानी हो । जे भनिन्छ त्यसलाई बुझनु स्मार्टनेस हो भने जे भनिएको हुदैन त्यसलाई समेत बुझनु बुद्धिमानी हो ।—–आदि । हाम्रै गाउँमा सधै ढुङ्गामा एक लेख्दै हिडने मानसिक रोगी त सबैले देखेकै छौ । उनी साह्रै चलाक व्यक्ति थिए । तर डक्टर पढने प्रवैश परीक्षामा एकै नम्वर नपुग्दा असफल भए । त्यहि नम्वर पु-याउन उनी अहिलेसम्म एक अंक लेख्दै हिड्दछन् । त्यसैले प्रतिभाको पनि समयमै उचित व्यवस्थापनतर्फ अभिभावक सचेत हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->