आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नाटक लेखन कार्यशाला सुरु

नाटक लेखन कार्यशाला सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

पोखरा /गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा बिहीबारबाट नाटक लेखन कार्यशाला शुरु भएको छ ।

कार्यशालाको उद्घाटन समारोहमा प्रशिक्षकसमेत रहेका लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले पछिल्लो क्रममा पोखरामा नाट्य गतिविधि बढ्दै गएकोमा खुशी व्यक्त गरे । कार्यशालामा सहभागी भएका सबैजनालाई नाटक लेख्ने बनाएर छोड्ने उनको प्रतिबद्धता छ । ‘कार्यशाला सफलता उन्मुख छ, विभिन्न ठाउँबाट सहभागी आउनुभएको छ, प्रोसेसको बारेमा सिकाएर सबैलाई नाटक लेख्ने बनाएर छोड्छु,’ उनले भने ।

पोखराबाटै आफ्नो कलाकारिता क्षेत्रको यात्रा सुरु गरेबम लामिछानेले पोखरामा आफैंले नाटकघर सञ्चालन गर्ने सपना देखेको भएपनि पूरा नभएको खुलाए । ‘करियर पोखराबाट सुर भएको हुनाले मेरो पोखरासँग विशेष सम्बन्ध छ, हुन त मेरो जन्म पनि पोखरामा नै भएको हो । काठमाडौंमा नाटक घर गर्दाखेरि पोखरामा नाटकघर खोलेर बस्छु भन्ने सपना देखें, जग्गा हेर्न धेरैं ठाउँमा हिडे, तर भनेजस्तो ठाउँ भेटिन,’ उनले भने, ‘मलाई लेखेको थिएन सायद, काठमाण्डौ फर्किए, पछि सुने नाटक घर खुल्यो भनेर त्यतिबेला म निकै खुशी भएको थिएँ ।’

कार्यशालामा ८ जना सहभागी छन् । जसमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी रहेका छन् । यसैगरी कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ समेत कार्यशालामा सहभागी छन् ।

देशभरबाट आवेदन दिन मिल्ने गरी खुल्ला रुपमा आवेदन खुलाइएकोमा आवेदन दिने मध्येबाट उनीहरु छानिएको कार्यशालाका संयोजक एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका संगीत नाट्य तथा संस्कृति विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिए । पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन हुने कार्यशाला पुस ११ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->