आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मिस तामाङ पोखराको तालिम सुरु

मिस तामाङ पोखराको तालिम सुरु


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७८, आइतबार

पोखरा/बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी सुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करण हो ।
तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए । प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य धनमाया तामाङले आफ्नो समुदायको भाषा, भेषभुषा संस्कृति नै जातिको अस्तित्व भएको बताइन् ।
४५ दिनसम्म चल्ने प्रशिक्षणमा तामाङ जातिको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक एवम पहिलो मिस तामाङ निमा तामाङले जानकारी दिइन् ।माघ १५ गते शनिबार पोखरा सभागृहमा प्रतियोगिताको फाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->