आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बालबालिकालाई कथा सुनाउनुहोस्

बालबालिकालाई कथा सुनाउनुहोस्


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७८, शनिबार

शिशु ४ महिनाको हुँदा देखि नै उसले सुन्ने गरि पढेर सुनाउने गरेमा, उ ठुलो हुँदै जाँदा पनि पढेर सुनाउन सकिने सम्भावना बढ्छ । बालबालिकाले बोल्न शुरु गर्नु अघि नै उनीहरूको मस्तिष्कमा भाषाको आधार बन्ने हुँदा उनीहरू सानै हुँदा देखि नै पढेर सुनाउनु महत्वपुर्ण हुन्छ । हुर्कदै गर्दा जति धेरै शब्द बालबालिकाले सुन्दछन्, त्यति नै धेरै शब्दहरू सिक्दछन् ।

शिशु जन्मेदेखि ३ वर्षको हुँदासम्म कस्ता प्रकारका पुस्तकहरू उपयुक्त हुन्छन् ? शुरुवाती वर्षहरूमा पुस्तकहरू कसरी मिलिजुली प्रयोग गर्ने भन्ने बारे केहि उपयोगी जानकारीहरू यहाँ प्रस्तुत गरिएको छ । आफ्नो शिशु ३ वर्षको हुँदा वा सो भन्दा पछि सम्म पनि उमेर अनुसार साक्षरताको कुशलता वृिद्वमा सघाउन, पुस्तक मन पर्ने गरि पढेर सुनाउनुहोस् ।

जन्मेदेखि छ महिनाको हुँदासम्म
बुझ्नको लागि आफ्नो शिशु सानै छ जस्तो लागे पनि उसले तपाईँको साथ, अनि तपाईंको आवाज र उच्चारण गरेका शब्दहरू सुनेर उ रमाउँछ । नियमित पुस्तक हेर्ने बानी बस्यो भने, यो उमेरमा बालबालिकाले पुस्तक हेर्ने समयमा शान्त रहने, आँखा ठुला बनाउने वा मुस्कुराएर लातीले हान्ने आदि कार्य गरि आफ्नो उत्साह व्यक्त गर्दछन् । पुस्तकहरू समाउने, टोक्ने आदि क्रियाकलापहरू मार्फत त्यसको बारेमा बुझ्न चाहन्छन् । पुरै कथा सुन्नको लागि उनीहरूले ध्यान नदिन पनि सक्छन् । त्यसैले उनीहरूले दिक्क मान्दै अन्यत्र हेर्ने, पछाडि पल्टिने, आखाँ बन्द गर्ने वा रूने आदि गरेमा एक छिन रोकिनुहोस् । यो उमेरका बालबालिकाकालागि रङ्गीचङ्गी तथा आकर्षक चित्र भएका पुस्तकहरू उपयुक्त हुन्छन् ।

६ देखि ९ महिनासम्म
यो उमेरमा पनि रङ्गीचङ्गी चित्रहरू भएका छोटो कथाहरू सुनाउनुहोस् । बालबालिकाले हेरेर, छोएर (खोल्ने÷बन्द गर्ने) र मुखमा राखेर ति पुस्तकहरूको बारेमा जान्न खोज्न सक्नेछन् । ९ महिना पुगेपछि उनीहरूले कुनै कुनै कथा वा चित्रहरू चिन्ने कोशिस गर्न वा चिन्न सक्छन् । तपाईंको शिशुले कुनै कुनै बेला पुस्तकलाई मुखमा लैजान सक्छ । शुरुवाती वर्षहरूमा बालबालिकाले देखाउने यो सामान्य व्यवहार हुनुका साथै पुस्तकहरूको बारेमा थप जान्न उनीहरू इच्छुक छन् भन्ने संकेत पनि हो ।

९ महिना देखि डेढ वर्ष
दोहोरिने भाका तथा शब्दावलीहरू भएका चित्र कथाहरूले पनि तपाईंका बालबालिकालाई छिट्टै आकर्षित गर्दछन् । यो उमेरका बालबालिकाले अन्य बालबालिकाका चित्र तथा जनावर लगायतका वस्तुहरू समावेश गरिएका कथा पनि मन पराउनुको साथै आफुलाई सबै भन्दा मन परेका कथाहरू भन्न बारम्बार अनुरोध गर्न सक्छन् । बालबालिका एक वर्षको पुगेपछि तपाईंले चित्रहरू देखाएर चन्द्रमा खोई? भन्ने जस्ता प्रश्न सोधेर उनीहरूले देखाउँछन् कि देखाउँदैनन् भनि अवलोकन गर्न सक्नुहुन्छ ।

डेढ वर्ष देखि २ वर्ष
बालबालिकालार्ई (ध्यान पुर्वक हेर्दै) केहि लामा चित्र कथा सुनाउन शुरु गर्नुहोस् । यो उमेरका बालबालिकालाई हँसाउने भाकाहरू एकदमै मन पर्छ । तपाईंले कथा पढिरहेको समयमा बच्चा यता उति दौडिन्छ भने पनि चिन्ता नगर्नुहोस् । यो उमेरका बालबालिका यता उति हिड्नु पनि पर्दछ । तपाईंले पढिरहनुभयो भने उसले सुन्दै पनि गर्छ र केहि बेरमा फेरि तपाईंको नजिक आएर अझै सुन्न सक्छ । यसरी बालबालिकाको ध्यान कायम राख्नको लागि कथामा रहेका केही कुराहरूको उपयोग गर्न सक्नुहुन्छ – जस्तै, पुस्तकमा भएको खरायो जस्तै उफ्रिऊ त भन्ने । बालबालिकाले केहि साधारण शब्द वा आवाजले वस्तुहरू चिन्न सक्छन् – जस्तै, गाईको चित्र देख्यो भने ’बाँ’ आवाज निकाल्ने । भर्खरै बोल्न सिकेका बालबालिकालाई कथा सुनाउने समयमा उनीहरूलाई सबै भन्दा मन पर्ने वाक्यमा पुगेपछि केहि बेर रोकिनुहोस् । त्यो वाक्य पुरा गर्ने शब्द भन्छन् कि भनि विचार गर्नुहोस् । बालबालिकालाई आफैँ गर्ने हुनको लागि प्रोत्साहन गर्नुहोस् । पानाहरू पल्टाउने ’काम’ दिनुहोस् । पढिरहेको समयमा बालबालिकासँग केहि बेर कुराकानी गर्दै रूखको पछाडि को लुकेको छ ? भन्ने जस्ता कथा सम्बन्धी प्रश्नहरू सोध्नुहोस् । यसले उनीहरूको सोच्ने तथा भाषा सम्बन्धी कुशलताको विकास गराउँदछ ।

२ देखि ३ वर्षसम्म
यदि सानै देखि तपाईंको शिशुलाई पढेर सुनाउने गर्नु भएको छ भने, यो उमेरमा आइपुग्दा उसले साधारण चित्र कथाहरू तथा केहि रोचक कुराहरू (हँसाउने कुरा, भाका तथा राम्रो चित्र कथा) भएका कथा सुन्ने अभिरुचि देखाउन सक्छन् । संसारको बारेमा जान्न संघर्ष गरिरहेका बालबालिकाको लागि हाम्रै वरिपरि देखिने सवारी साधनहरू, जनावर वा ऋतुहरू सम्बन्धी कथाहरू, वा विभिन्न पेशाहरू सम्बन्धी कथाहरू पनि रोचक हुन्छन् । यो उमेरका बालबालिकालाई कथा सँग सम्बन्धित प्रश्नहरू सोध्न पनि सक्नुहुन्छ । जस्तै, त्यो बालकले कस्तो अनुभव गर्दै होला ? वा तिमीलाई यस पछि के हुन्छ जस्तो लाग्छ ? यो कथाको बालकले जस्तै तिमीले पनि ग¥यौ ? भन्ने जस्ता प्रश्नहरू सोधेर पुस्तकलाई बालबालिकाकोे जीवनसँग जोडिदिनुहोस् । ३ वर्ष पुगेपछि त उसले चित्रमा के भैरहेको छ भन्ने कुरा हेरेर तपाईंलाई कथा सुनाउन सक्छ । उसले एउटै पुस्तकको कथा पटक पटक सुन्छु भन्यो भने पनि अचम्म नमान्नुहोस्, किनभने बालबालिकाले दोहोरिएका कथाहरू पनि मन पराउँछन् । अनि उही कथा ७ पटक नै सुने पनि थाक्दैनन् ।

कथा सुनाउँदाका फाइदाहरु
जो बालबालिकाले राम्रोसँग कथा पढ्छन्, उनीहरूको शैक्षिक नतिजा पनि राम्रो हुन्छ ।
उनीहरूको मस्तिष्कको विकास द्रुत गतिमा हुन्छ ।
साथसाथै ध्यानकेन्द्रित गर्ने क्षमताको विकास हुन्छ ।
कथाले वरपरको संसार चिनाउँछ ।
शब्दभण्डार वृद्धि हुनुका साथै भाषाको विकास उच्च हुन्छ ।
बालबालिकामा कल्पना शक्तिको विकास हुन्छ ।
अनुभूति सीपको विकासमा मद्दत पुग्छ ।
शान्ति र आनन्दको अनुभुति हुन्छ ।
पढाइ आफैमा मनोरञ्जनको विशाल स्रोत हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->